News

यस कारण बदलियो माैसम, मानव स्वास्थ्यमा असर पर्नसक्ने

यस कारण बदलियो माैसम, मानव स्वास्थ्यमा असर पर्नसक्ने
चैत्र - १४ । सामान्यतया मार्च (फागुन रचैत) महिना मेघ गर्जनसहित वर्षात् हुने मौसम हो तर, अघिल्ला वर्षको तुलनामा यो वर्षमा बढी नै वर्षात् भएको छ । महिनाको उत्तरार्धमा साताभन्दा बढी समयदेखि नेपालको मौसम बद्लीसँगै वर्षात् पनि भएको छ, तर यसको प्रभाव पश्चिमी भेगमा त्यति छैन, खासगरी देशका पूर्वी र मध्य भेगमा बढी असर देखिएको छ, मौसमविद्को भाषामा यसलाई फरक किसिमले तुलना गरिएको छ । वरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठ भन्छन्– “मार्च महिना बढी पानी पर्ने समय हो, तर यस किसिमको निरन्तर प्रभाव अघिल्ला वर्षमा थिएन । काठमाडौँ उपत्यकाको अहिलेको अवस्था हेर्ने हो भने झन्डै दोब्बर २०० प्रतिशत बढी वर्षात् भएको छ । सामान्यतया मार्चमा उपत्यकामा ३५ मिलिमिटर वर्षात् हुन्थ्यो, अहिले ६५ मिलिमिटर वर्षात् भइसकेको छ, यो अझै केही दिन लम्बिने देखिन्छ ।” पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको सम्मिश्रणका कारण मौसम बद्लीसँगै वर्षात् भएको मौसमविद् मीनकुमार अर्यालले बताए । पश्चिम बङ्गाल र बङ्गलादेशमा न्यूनचापीय क्षेत्र रहिरहेका कारण त्यसको असर नेपालमा देखिएको छ । उक्त प्रणालीका कारण मेघ गर्जनसहितको वर्षात र असिना वर्षाएको छ । अर्कोतर्फ जमिनको तल्लो सतहमा बङ्गालको खाडीबाट सामान्य खालको हल्का जलवाष्पयुक्त हावाको प्रवेशका कारण पनि मौसममा गडबडी आएको छ । जलवाष्पयुक्त हावा वायुमण्डलमा माथिसम्म जान नसकेका कारण दिन धुम्म हुने र राम्रोसँग वर्षात् गराउन नसकेको मौसमविद् अर्यालले बताए । अर्यालका अनुसार पूर्वी र मध्य भेगमा अझै दुईरचार दिन बद्लीसँगै वर्षात् हुनेछ । ती क्षेत्रमा मध्याह्नपछि यसको प्रभाव बढी देखिनेछ भने पश्चिमी पहाडी भेगमा सामान्य बद्ली रहनेछ । मौसममा आइरहेको फेरबदलले मानव स्वास्थ्यमा समेत असर पर्नसक्ने आँकलन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २७ डिग्री र न्यूनतम १५ डिग्री सेल्सियस रहेको छ ।
सिबी अधिकारी

Climate Change in nepal

विशेष