News

सूचना अधिकारी नै सूचनाबाट वञ्चित

सूचना अधिकारी नै सूचनाबाट वञ्चित
चैत - १४ । राष्ट्रिय सूचना आयोगले गोरखाका विभिन्न कार्यालयका प्रमुख र सूचना अधिकारीलाई आज सूचनाको हकसम्बन्धी अभिमुखीकरण तालिम दिएको छ । प्रजिअ जितेन्द्र बस्नेत, स्थानीय विकास अधिकारी नारायण आचार्यलगायत कार्यालय प्रमुखको सहभागितामा अभिमुखीकरण सम्पन्न गरिएको हो । कार्यक्रममा प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले प्रत्येक नेपाली नागरिकले सूचना माग्ने अधिकार संविधानमा नै उल्लेख छ भने । नेपाल पत्रकार महासङ्घ गोरखाका अध्यक्ष किशोरजङ्ग थापाले नागरिक तथा पत्रकारले मागेका सूचना सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले उपलब्ध नगराउने प्रवृत्ति रहेकामा गुनासो गर्दै सूचना अधिकारी नै सूचनाबाट वञ्चित रहँदा समस्या झेल्नुपरेको बताए ।

राष्ट्रिय सूचना आयोग

विशेष