विदेश

पाकिस्तानले अफगानिस्तानसँगको सिमानामा पर्खाल निर्माण गर्न सुरु गर्ने

पाकिस्तानले अफगानिस्तानसँगको सिमानामा पर्खाल निर्माण गर्न सुरु गर्ने

चैत १४ । पाकिस्तानले अफगानिस्तानसँगको सिमानामा पर्खाल निर्माण गर्न सुरु गर्ने भएको छ ।

सीमा क्षेत्रमा अफगानी विद्रोही लडाकुको गतिविधिलाई कम गर्ने उद्देश्यले सीमा क्षेत्रमा बार निर्माण गर्न लागिएको समयमा पाकिस्तानको पूर्वी छिमेकीद्वारा भने मिलेर बसेका समुदाय विभाजित हुने भनि आलोचना आएको छ ।

पाकिस्तान र अफगानिस्तानलाई ‘इराक लाइन’ले विभाजित गरिएको छ । बेलायतीहरुले सन् १८९६ मा निर्माण गर्न लागेको दुई हजार ४०० किलोमिटर सिमानामध्ये गत वर्ष एक हजार १०० किलोमिटर दक्षिणी सीमामा बार निर्माण गरिसकिएको छ ।

सेनाकाअनुसार बाँकी आधाजसो सीमाबारलाई आगामी हप्तादेखि निर्माण सुरु गरिने छ । अफगानिस्तानका गृहमन्त्रीले पाकिस्तानी पक्षबाट सीमा–सुरक्षाका लागि भनि सुरु गरेको कदमको विरोध जनाएको छ ।

यद्यपि, निर्माण सुरु नभएको बताउँदै यसबारे थप प्रतिक्रिया नजाउने बताए । अफगानी गृहमन्त्रीले सीमानामा बार निर्माण गरेर आतंकवादसम्बन्धी समस्या समाधान गर्न नसकिने तर यसले सीमा क्षेत्रका समुदायलाई विभाजितमात्र गराउने बताए ।

Afaganistan Pakistan

विशेष