लालबाबु पण्डितले बसाएको थिति यीनले बिगारेः घुस उठाउन दलालको समूह नै परिचालन
चैत–१५ । लालबाबु पण्डित र रेखा शर्माले सामान्य प्रशासन मन्त्रालयमा नीतिगत सुधारका काम गरी राम्रो छवि बनाएर गए । तर अहिलेका सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले सामान्य प्रशासन मन्त्रालयलाई सरुवामा घुस उठाउने मन्त्रालयका रुपमा चिनाउन थालेका छन् । उनले कर्मचारी सरुवामा घुस उठाउनका लागि दलालहरुको समूह नै परिचालन गरेका छन् ।
उपसविच शशी लम्साल, नायब सुब्बा यज्ञ अर्याल, युवराज पौडेलसहितको टिम सरुवामा रकम उठाउने मन्त्रीका बीचौलीया हुन् । बीचौलियाले दररेट अनुसार घुस संकलन गर्ने र मन्त्रीले निजामती सेवा ऐन, नियमको धज्जी उडाउँदै सरुवा गर्दै आएका छन् । –दृष्टि साप्ताहिकबाट