विदेश

अष्ट्रेलियामा शक्तिशाली आँधी, हज्जारौं मानिसलाई सुरक्षित स्थानमा सारिदै

अष्ट्रेलियामा शक्तिशाली आँधी, हज्जारौं मानिसलाई सुरक्षित स्थानमा सारिदै

चैत्र १५ । अष्ट्रेलियाको क्विन्जल्याण्डमा आएको शक्तिशाली आँधीबाट जनजिवन प्रभावित भएको छ । साइक्लोनले नजिकैका टापुमा अवस्थित पर्यटकिय क्षेत्रमा नराम्ररी प्रभाव पारेको छ ।

क्विन्जल्याण्मा रहेका हजारौँ नागरिकलाईसुरक्षित स्थानमा लगिएको छ र घरहरुलाई बालुवा भरिएका बोराले घेरेर राखिएका छन् । क्विन्जल्याण्ड प्रान्तकी सरकार प्रमुख एनसटेजा प्यालासेले ’डेबी’ नामक उक्त ’साइक्लोन’लाई राक्षसको संज्ञा दिएकी छन् र आफ्नो राज्यले एउटा लामो र कठिन दिन खेपिरहेको बताएकी छन् ।

क्विन्जल्याण्ड पार गर्ने क्रममा उक्त ’साइक्लोन’ क्याटेगोरी फोरको आँधीका रुपमा २ सय ८० किलोमिटर प्रतिघण्टा सम्मको वेगले अघि बढ्ने ठानिएको छ ।

Australia

विशेष