विदेश

मोसुलबाट २ लाख ७९ हजार इराकी विस्थापित

मोसुलबाट २ लाख ७९ हजार इराकी विस्थापित
चैत - १५ । उत्तरी इराकको मोसुल सरहमा पछिल्लो समयमा सरकारी सेनाले गरेको सुरक्षा कारबाहीका कारण दुई लाख ७९ हजार इराकी जनता विस्थापित भएका छन् । राष्ट्रसङ्घका सहायक प्रवक्ता फर्हान हकले सोमबार पत्रकारलाई दिएको जानकारीअनुसार दुई लाख २० हजार इराकी पश्चिमी मोसुलबाट गत फेब्रुअरीदेखि अहिलेसम्म विस्थापित भएका छन् । पत्रकार सम्मेलनमा उनले विस्थापितलाई आफुले सहयोग निरन्तर गरिरहेको बताए । पश्चिमी मोसुलबाट विस्थापितहरुलाई स्वास्थ्य सेवाका लागि अधबा र हमाममा अस्पताल स्थापना गरिएको पनि उनले जानकारी दिए । दक्षिणी र पूर्बी मोसुलमा रहेका विस्थापित व्यक्तिलका लागि उपचारको लागि चार ओटा ट्रमा सेन्टर स्थापना गरिएको छ भने चार ओटा फिल्ड अस्पताल पनि परिचालन गरिएको छ । इराकी सरकार र इस्लामिक स्टेट (आइएस)को मोसुलमा भीषण लडाइ भइरहेको छ । इराकका प्रधानमन्त्री हैदर अल अबादील गत फेब्रुअरी १९ देखि अतिबादी लडाकू विरुद्ध घोषणा गरेका थिए। मोसुलको पश्चिमी क्षेत्रमा साघुरा बाटाहरु र घना बस्ती रहेको छ । जहाँ सात लाख ५० हजारदेखि आठ लाखसम्म जनसङ्ख्या रहेको छ । यो इराकी सेनाका लागि ठूलो चुनौतीका रुपमा रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । इराकको राजधानी बग्दाददेखि ४०० किलोमिटर उत्तरतर्फ पर्ने मोसुल सहर सन् २०१४ को जुनदेखिको नियन्त्रणमा रहेको छ । सिन्ह्वा

Iraq war

विशेष