विदेश

ट्रम्पबाट जलवायु परिवर्तन रोक्ने नीति रद्ध गर्ने आदेशमा हस्ताक्षर

ट्रम्पबाट जलवायु परिवर्तन रोक्ने नीति रद्ध गर्ने आदेशमा हस्ताक्षर
चैत १६ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ओबामाको शासनकालमा जलवायु परिवर्तन रोक्न जारी गरिएको नीति रद्ध गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । योसंगै ट्रम्पले पूर्व राष्ट्रपति बराक ओबामाको कार्यकालमा लागु गरिएका आधा दर्जन नीति रद्ध गरेका छन् । नयां आदेशले ओबामाको स्वच्छ उर्जा योजना पनि रद्ध गरेको छ । योजनामा प्यारिस सम्झौताको आधारमा अमेरिकाको सबै राज्यमा कार्बन उत्सर्जनको सीमा घटाउने व्यवस्था थियो । हस्ताक्षर पछि बोल्दै राष्ट्रपति ट्रम्पले कोइलालाई लिएर भएको विरोध र रोजगारी अन्त्य गर्ने नीति अन्त्य हुने बताए । चुनावी अभियानका क्रममा ट्रम्पले सन् २०१५ मा भएको जलवायु परिवर्तन सम्झौताबाट अमेरिकालाई अलग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उद्योग जगतले ट्रम्पको आदेशलाई स्वागत गरेका छन् भने पर्यावरण सुरक्षा समुहले भने आलोचना गरेका छन् । उनीहरुले ट्रम्पको आदेशलाई अदालतमा चुनौति दिने बताएका छन् ।

Donal TTrump

विशेष