विदेश

युरोपियन युनियनबाट बेलायत अलगहुने पत्रमा प्रधानमन्त्रीद्वारा औपचारिक पत्रमा हस्ताक्षर

युरोपियन युनियनबाट बेलायत अलगहुने पत्रमा प्रधानमन्त्रीद्वारा औपचारिक पत्रमा हस्ताक्षर
चैत १६ । बेलायती प्रधानमन्त्री थेरेसा मेले बेलायत युरोपियन युनियनबाट अलग हुने औपचारिक प्रक्रिया शुरु गर्ने पत्रमा हस्ताक्षर गरेकी छिन् । लिजवन सन्धीको धारा ५० अन्तर्गत बेलायतले युरोपियन युनियनलाई अलग हुनका लागि औपचारिक पत्र लेखेको हो । उक्त पत्रलाई अब युरोपियन काउन्सिलका अध्यक्ष डोनाल्ड टस्करलाई दिइनेछ । त्यसपछि ब्रेक्जिटको औपचारिक प्रक्रिया शुरु हुनेछ । गत जुनमा संयुक्त राज्यमा भएको जनमत संग्रहमा अधिकांश जनता युनियनबाट अलग हुने मत व्यक्त गरेका थिए । मेको पत्र बुधबार स्थानीय समयअनुसार १२ बजेर ३० मिनेट जाँदा युरोपियन युनियनका लागि बेलायती राजदूत सर टिम ब्यारोले पत्र युरोपियन काउन्सिलमा पुर्याउने छन् । प्रधानमन्त्री मेले बुधबार विहान क्याबिनेट बैठक डाकेकी छिन् । त्यसपछि उनले सांसदहरुलाई ब्रेक्जिटको प्रक्रिया शुरु भएको जानकारी दिनेछिन् । मार्च २०१९ सम्म बेलायत युरोपियन युनियनबाट अलग हुने बताइएको छ

Brexit Bill

विशेष