News

फिनल्याण्डको प्रतिनिधिमण्डलसँग चेम्बरको छलफल

फिनल्याण्डको प्रतिनिधिमण्डलसँग चेम्बरको छलफल
चैत्र - १६ । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी तथा कार्यसमितिका सदस्यहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायत प्रतिष्ठित उद्योगी व्यवसायीहरुसँग चेम्बर भवन कान्तिपथमा फिनल्यान्डका राजदूत जोरमा सुभान्तोसँगै आएको प्रतिनिधिमण्डलसँग ‘फिनल्यान्डसँग व्यापार’ विषयक सेमिनारको आयोजना भयो । मंगलबार भएको उक्त कार्यक्रममा चेम्बरका अध्यक्ष डा राजेशकाजी श्रेष्ठले स्वागत गर्दै नेपालको भौतिक निर्माण, पर्यटन, कृषि, जलबिद्युत् क्षेत्रमा फिनल्यान्डका उद्योगी व्यवसायीहरुले लगानी गरेर फाइदा उठाउन सक्ने भएकाले लगानी गर्न आग्रह गरे। कार्यक्रममा फिनल्याण्डका राजदूत सुभान्तोले उपस्थित उद्योगी व्यवसायीहरुलाई सम्बोधन गर्दै फिनल्यान्डका विभिन्न कम्पनीहरुको बारेमा जानकारी गराउँदै फिनल्यान्डमा रहेको प्रविधि, पूँजी र आयात तथा निर्यातलगायत ऐन कानुनहरुको बारेमा नेपाली उद्यमी व्यवसायीहरुलाई जानकारी दिएका थिए। सोही अवसरमा राजदूत सुभान्तोले नेपाल र फिनल्यान्डबीच व्यापार प्रवद्र्धनको प्रचुर सम्भावना रहेको, साथै नेपाल र फिनल्यान्डबीचको विद्यमान सम्बन्धलाई विविधिकरण गर्नुपर्ने बताउँदै दुई देशलाई विकास साझेदारीका साथै व्यापार सम्बन्धको माध्यमबाट सम्बन्ध सुदृढ गरिनुपर्ने बताए।

नेपाल चेम्बर अफ कमर्स

विशेष