विदेश

पेरुभियन एयरलाइन्सको विमानमा आगलागी, सबै यात्रु सकुशल

पेरुभियन एयरलाइन्सको विमानमा आगलागी,  सबै यात्रु सकुशल
चैत्र - १६ । राजधानी लिमाबाट आन्तरिक उडान भर्दै पेरुको जुनिन प्रान्तको जाउजा विमानस्थलमा अवतरण गर्ने क्रममा रहेको पेरुभियन एयरलाइन्सको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। विमानले भूईँ छोइसकेपछि आगलागी भएकाले अग्नी नियन्त्रक दल तत्कालै त्यहाँ पुगी उद्धार गर्न सफल रहेकाले विमानमा सवार सबै यात्रुहरु सकुशल रहेका पनि स्थानीय सन्चार माध्यहरुले जनाएका छन्। पेरुभियन एयरलाइन्सको उक्त बोइङ्ग–७३७ विमानमा चालक दलका सदस्यसहित एकसयचालीस जना यात्रु सवार रहेका पनि पेरुको एउटा दैनिक पत्रिका एल कमर्सियोले उल्लेख गरेको छ। उक्त विमान गतः मङ्गलबार स्थानीय समयाअनुसार साँझ ५ बजे (नेपाली समय अनुसार बुधबार बिहान सबेरै) जाउजा विमानस्थलमा अवतरण गर्न लागेको थियो। घटना भइरहेको समयमै विमानस्थल परिसर बाहिरबाट कोही शोखिनदार ब्यक्तिले खिँचेको भिडियो क्यामेराले दुर्घटनाग्रस्त विमानबाट कालो र बाक्लो धुवाँको मूस्लो उठिरहेको र यस धुवाँको मूस्लोले यात्रुमाझ ठूलो त्रास सिर्जना गरेको दृश्य देखाएको थियो। के, कस्ता कारणले विमानमा आगलागी हुन पुगेको हो सो तथ्य तत्काल खुल्न नसकेको पनि जनाइएको छ। सिन्ह्वा

Peruvian plane catches fire

विशेष