News

राष्ट्रपतिबाट भारतीय सेनाध्यक्षलाई मानार्थ महारथीको दर्ज्यानी प्रदान

राष्ट्रपतिबाट भारतीय सेनाध्यक्षलाई मानार्थ महारथीको दर्ज्यानी प्रदान
चैत्र - १६ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट भारतका स्थल सेनाध्यक्ष विपिन रावतलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरे । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले उनलाई मानार्थ महारथीको उपाधि प्रदान गरिन् । राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुन् । नेपाल र भारतबीच एकअर्को मुलुकका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने चलन रहिआएको छ । रक्षामन्त्री बालकृष्ण खाँण, मुख्य सचिव डा सोमलाल सुवेदी, प्रधानसेनापति राजेन्द्र क्षत्री, नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरी उपस्थित रहेको थियो । नेपाली सेनाका पूर्वप्रधानसेनापति, रक्षामन्त्रालयका उच्चपदस्थ अधिकारी र नेपाली सेनाका रथीबृन्दको पनि समारोहमा सहभागिता थियो । यसअघि रक्षामन्त्री बालकृष्ण खाँणसँग सेनाध्यक्ष रावतले शिष्टाचार भेट गरे । प्रधानसेनापति क्षत्रीको औपचारिक निमन्त्रणामा भारतीय सेनाध्यक्ष रावत मङ्गलबार चार दिवसीय भ्रमणको सिलसिलामा नेपाल आएका हुन् । उनले नेपालका केही महत्वपूर्ण पर्यटकीय एवम् धार्मिकस्थल तथा नेपाली सेनाको जोमसोमस्थित सैनिक उच्च शिखर शिक्षालयको भ्रमण गर्नुहुने नेपाली सेनाले जनाएको छ । पोखरास्थित भारतीय पेन्सन वितरण कार्यालयको समेत निरीक्षण गरे ।

राष्ट्रपति विद्यादेवी भण्डारी

विशेष