विदेश

आमाको दुध बेच्न कम्बोडियन सरकारको प्रतिबन्ध

आमाको दुध बेच्न कम्बोडियन सरकारको प्रतिबन्ध

एजेन्सी ।  कम्बोडियन सरकारले त्यहाँका आमाहरुले अमेरिकी महिलाहरुलाई आफ्नो दूध बेच्ने विवादास्पद कार्यमाथि प्रतिबन्ध लगाउने भएको छ ।

यो निर्णयले महिलालाई शोषण गरिएको वा उनीहरुको अधिकारमाथि अंकुश लगाउन खोजिएको हो भन्ने बहस सुरु भएको छ ।  बितेका दुई वर्षमा दर्जनौं कम्बोडियन महिलाहरुले अमेरिकी कम्पनी ‘एम्ब्रोसिया ल्याबस्’ मार्फत आफ्नोे दूध बेच्ने गरेका थिए ।

उक्त कम्पनीले त्यसरी आयातित गरिएको दूधलाई प्रशोधन गरेर अमेरिकामा बेच्ने गरेको छ । ती दूधहरु यस्ता आमाहरुलाई बेचिन्थ्यो जसलाई आफ्नो बच्चाका लागि दूध उत्पादन गर्न समस्या हुन्थ्यो ।

कम्बोडियन सरकारले भनेको छ । ‘हो हामी गरिब छौं तर यतिसम्म गरिब छैनौं कि हामीले बाँच्नकै लागि मानव दूध बेच्नुपर्छ ।’

Human Brest Milk

विशेष