विदेश

ब्राजिलको मासु १४ देशमा बन्देज

ब्राजिलको मासु १४ देशमा बन्देज
चैत्र–१७ । ब्राजिलको मासुलाई १४ ओटा देशमा अझै पनि बन्देज लगाइएको ब्राजिलका कृषी मन्त्रीले बताएका छन् । ती देशहरुले अझै पनि ब्राजिलको मासुलाई आशंकाको सूचीमा राखिरहेको उनले बुधबार बताए । उनका अनुसार अल्जेरिया, बाहामास, मेक्सिको, मोरोक्को, कतार, जिम्बाबे लगायतले ब्राजिलको मासु आयातमा पूर्ण रुपमा निषेध गरेका छन् । त्यस्तै जापान, स्विजरल्याण्ड, भियतनाम, युरोपेली सङ्घ, दक्षिण अफ्रिका, युएइ, साउदी अरव, क्यानडा र पेरुले ब्राजिलको मासु निर्यात संवन्धी विवादित कम्पनीहरुको मासु आयात नगर्ने निर्णय कायमै राखेका छन् । केही समय अगाडि ब्राजिलका केही कम्पनीहरुले म्याद गुज्रिएका र खान नहुने मासु निर्यात गरेको भेटिएपछि ती देशहरुले मासु आयातमा बन्देज लगाएका हुन् । ब्राजिलका मासु निर्यात गर्ने २१ ओटा कम्पनीहरुले कृषी मन्त्रालयका अधिकारीहरुलाई ठुलो मात्रामा घुष खुवाएर मासु परिक्षणमा आखा चिम्लिने गराएका थिए । उनीहरुले पर्याप्त परिक्षण नगरी मासु निर्यात गरेकाले निर्यात गरिएको मासुको प्याकेटमा खान नहुने मासु भेटिएपछि अहिले सम्म पनि मासु निर्यातमा बन्देज भएको हो । रासस-सिन्ह्वा

बन्देज ब्राजिल मासु

विशेष