
चैत १८ । मलेसियाले उत्तर कोरियाली नेता किम जोङ उनका सौतेनी भाई किम जोङ नामको शव उत्तर कोरियालाई बुझाउने भएको छ ।
मलेसियाका प्रधानमन्त्री नजीव रजाकले नामको मृत्युको कारण अनुसन्धान गरिरहेका अधिकारीहरुले उनको शव उत्तर कोरियालाई बुझाउन अनुमति दिएको बताए ।
प्योङयाङसँगको वार्तापछि मलेसियाले नामको शव बुझाउने निर्णय गरेको हो । प्रधानमन्त्री रजाकले अब दुवै मुलुकले एक अर्काका नागरिकलाई स्वदेश फर्कने दिने पनि बताए ।
गत महिना क्वालालाम्पुरको विमानस्थलामा नर्भ एजेन्टको प्रहारबाट किमको मृत्यु भएको थियो ।
Kim Jong Nam