मस्जिदमा बम विस्फोट, २२ जनाको मृत्यु


चैत्र–१८ । पाकिस्तानको एक मस्जिदमा बम बिस्फोट हुँदा कम्तिमा २२ जनाको मृत्यु भएको छ । पाकिस्तानको पाराचिनारस्थित मस्जिदको महिलाहरुको प्रवेश द्वारमा बम राखिएको थियो । विस्फोटमा परी ७० जना घाइते भएका छन् । शुक्रबारको जवाजको लागि मानिसहरु मस्जिदमा जम्मा भएका बेला विस्फोट भएको अधिकारीहरुले जनाएका छन् । पाराचिनार पाकिस्तानको उत्तर पश्चिममा पर्ने शियाको बाहूल्य रहेका आदिवासी इलाका हो । पाकिस्तान बम विस्फोट मस्जिद