विदेश

अफगानिस्तानमा ३३ जना विद्रोही लडाकु मारिए

अफगानिस्तानमा ३३ जना विद्रोही लडाकु मारिए
चैत्र–१८ । अफगानिस्तानको पूर्वी क्षेत्रमा पर्ने नानगार्हार प्रदेशमा सरकारी सुरक्षा फौजले बिहीबार राति गरेको सुरक्षा कारबाहीमा परी ३३ जनाभन्दा बढी लडाकुको मृत्यु भएको छ । अफगानी सेनाका प्रान्तीय प्रवक्ता शिर एक्वा फाक्विरीले शुक्रबार भने, ‘सुरक्षा फौजले सरकार विरोधी गतिविधि गर्दै आइरहेका लडाकुविरुद्ध बिहीबार चापारहार र पाचिरागाममा सुरक्षा कारबाही जारी राखेको थियो, त्यस क्रममा ३३ जना लडाकुहरु मारिएका छन्, छ जना घाइते भएका छन् र २२ जना पक्राउ परेका छन् ।’ उनले लडाकु समूहका कमाण्डर जुक्रुल्लाह र गाडा मोहम्मदको पनि मृत्यु भएको बताए । नानगार्हार र जलालाबादलाई आफ्नो राजधानी मानेर गतिविधि गर्दै आइरहेका न तालिवान लडाकु न इस्लामिक स्टेट (आइएस) कसैले पनि घटनाको जिम्मेबारी लिएका छैनन् । रासस/ सिन्ह्वा

अफगानिस्तान मृत्यु विद्रोही लडाकु सुरक्षा कारबाही

विशेष