News

म्यादी प्रहरीमा छनौट हुन तालिमको क्रममा ३ जनाको मृत्यु

म्यादी प्रहरीमा छनौट हुन तालिमको क्रममा ३ जनाको मृत्यु
चैत्र–१९ । म्यादी प्रहरीमा भर्ना हुन छनौटको क्रममा तीन जनाको मृत्यु भएको छ । छनौटका क्रममा बाँके, विराटनगर र खोटाङमा एक–एक जनाको मृत्यु भएको हो । बाँकेमा २९ वर्षीय टोलबहादुर थारुको मृत्यु भएको हो । शनिबार एक किलोमिटर दौड सकेर सेटअप गर्ने क्रममा उनी बेहोस भएर लडेका थिए । लगत्तै अस्पताल पुर्याएपनि उनको मृत्यु भएको जनाइएको छ । यस्तै विराटनगर–१६ का तुलसी राजवंशी लडेर निधन भएको प्रहरी महानिरीक्षक रमेश भट्टराईले जानकारी दिए । यता खोटाङ, सतेश्वरका २४ वर्षीय किशोर निरौलाको पनि मृत्यु भएको छ । तालिमका क्रममा बेहोस भएका उनको उपचारका क्रममा निधन भएको हो ।

तालिम मृत्यु म्यादी प्रहरी

विशेष