विदेश

कोलम्बिया पहिरो: ‘२०० भन्दा बढीको मृत्यु’

कोलम्बिया पहिरो: ‘२०० भन्दा बढीको मृत्यु’

चैत्र २० । दक्षिण पश्चिम कोलम्बियामा शक्तिशाली पहिरो जाँदा कम्तीमा २ सय ६ जनाले ज्यान गुमाएको र थप कयौँ घाइते भएको सहायता निकायहरुले जनाएका छन् ।

रातभरिको वर्षापछि पुटुमायो प्रान्तका नदीका किनार क्षेत्र भत्किएका थिए र बाक्लो माटो सहितको पहिरोले घरहरु बगाएको थियो । रेडक्रसले कम्तीमा २२० जना बेपत्ता भएको र अरु २०२ जना घाइते भएको बताएको छ ।

राष्ट्रपति खुवाँ म्यानुएल सान्टोसले घटनास्थलको निरीक्षण गरेका छन् र राष्ट्रिय आपतकालीन स्थिति नियन्त्रणका लागि फौजहरु परिचालन गरिएको बताएका छन् ।

करिब ८० प्रतिशत सडक क्षेत्रमा आवतजावत गर्न समस्या रहेको र पुलहरु पहिरोले बगाएको बताइन्छ । मोकोआका मेयर होसे अन्टोनियो क्यास्ट्रोले उक्त नगरमा बिजुली र पानी समेत नरहेको बताएका छन् । घटनास्थल पुगेका राष्ट्रपति सान्टोसले विपदमा ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

उनले उक्त क्षेत्रमा संकटकाल लगाएको घोषणा गरेका छन् ।

Combodia

विशेष