विदेश

दक्षिण कोरियाको मालबाहक पानीजहाज एटलान्टिक महासगरमा बेपत्ता

दक्षिण कोरियाको मालबाहक पानीजहाज एटलान्टिक महासगरमा बेपत्ता
चैत २० । दक्षिण कोरियाको एक मालबाहक पानीजहाज एटलान्टिक महासागरमा बेपत्ता भएको छ । ब्राजिलबाट सामान बोकेर दक्षिण कोरिया जाँदै गरेको पानीजहाजमा २४ यात्रु रहेको बुझिएको छ । हराइरहेको पानीजहाजका दुई जना भने सकुशल फेला परेका छन् । अन्य २२ जनाको अवस्था अज्ञात छ । २ लाख ६० हजार टन क्षमता भएको उक्त पानीजहाजमा १६ जना फिलिपिनी र ८ दक्षिण कोरियाली नागरिक भएको अधिकारीहरुले जनाएका छन् । जहाजको खोजी जारी छ ।

Urugway

विशेष