News

पिपल्ला बजारको भीषण आगलागी नियन्त्रणमा

पिपल्ला बजारको भीषण आगलागी नियन्त्रणमा
चैत्र–२० । डोटी जिल्लाको सदरमुकाम दिमायलस्थित पिपल्ला बजारमा भएको भीषण आगलागी नियन्त्रणमा आएको छ । बजारको जेबी आयल स्टोर(पेट्रोल पम्प) बाट आगो फैलिएको थियो । आगो फैलिँदा नजिकै टिनले छाएका चार पसल जलेर नष्ट भएका छन् । त्यस्तै नेपाली कांग्रेसकी सांसद कल्पना सोवको निवाससहितको सनुचाँदी पसलसमेत आगलागीबाट नष्ट भएको छ । त्यस्तै एउटा तेल बोकेको ट्यांकर र दुई मोटरसाइकल जलेर नष्ट भएको बताइएको छ । मानवीय क्षति नभएपनि आगलागीबाट करोडौंको क्षति भएको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ । आइतबार दिउँसो सवा एक बजेबाट सुरु भएको आगलागी प्रहरी, व्यापारी र स्थानीयवासीको सहयोगले दिउँसो पौने ३ बजे मात्रै नियन्त्रणमा आएको हो । समयमै दमकल आउँन नसक्दा आगलागी नियन्त्रणमा कठिनाई भएको थियो ।

डोटी पिपल्ला बजार भीषण आगलागी

विशेष