नेपाली कांग्रेस विरुद्ध सर्वोच्च अदालतमा रिट दायर


चैत्र–२० । अदालतको अवेहलना भएको भन्दै नेपाली कांग्रेस विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । नेपाल प्रहरीको महानिरिक्षक नियुक्तीका विषयमा सर्वोच्चले गत चैत ८ गते गरेको फैसलालाई गत चैत १५ गते बसेको कंग्रेस केन्द्रिय समिति बैठकले कार्यकारिणी अधिकार क्षेत्रमा हस्तक्षेप भएको भनेर निर्णय गर्नु अदालतको अवहेलना भएको भन्दै रिट दायर भएको हो । यस्तै, रिटमा गत चैत १८ मा विराटनगरमा आईजीपी नियुक्त गर्ने काम सकारको हो, हेर्दै जाउ के हुन्छ भनेर कांग्रेस सभापति शेरबहादुर देउवाले अदालतको निर्णय उपर चुनौती दिएर बोलेकाले कारबाही गर्न माग समेत गरिएको छ । रिटमा संविधानको धारा १, १ सय २६, १ सय २८ को २ र ४, सर्वोच्च अदालत ऐन, न्यायप्रशासन ऐन विपरित कार्य गरेको भन्दै हदै सम्मको कारबाही गर्न माग गरिएको छ । अधिवक्ता हरिप्रसाद मैनालीले दायर गरेको रिटमा सर्वोच्चले सो मुद्दाको पेशी पर्सी मंगलबारका लागि तोकिएको छ । रिटमा नेपाली कांग्रेस पार्टी र सभापति शेरबहादुर देउवालाई विपक्षी बनाइएको छ । न्याय प्रशासन ऐन २०७३ मा सर्वोच्च अदालतले आफ्नो र उच्च अदालत वा जिल्ला अदालतको न्याय सम्पादनको कार्यमा कसैले अवरोध गरेमा वा आदेश वा फैसलाको अवज्ञा गरेमा अदालतको अवहेलनामा कारबाही गर्न सकिने भनेर उल्लेख छ । नेपाली काँग्रेस रिट दायर सर्वोच्च अदालत