त्रिभुवन विमानस्थलमा देखिएको चितुवा हरायो, जहाज आवागमन सुचारु

चैत्र–२१ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चितुवा पसेपछि बन्द भएको आवागमन अहिले सुचारु भएको छ । रनवेको छेउमा बनाइएको पानी बग्ने नालामा एउटा चितुवा विमानस्थल टावरका कर्मचारीले देखेका थिए ।
चितुवा देखेपछि प्रहरी, नेपाली सेना र निकुञ्जका कर्मचारीहरुलाई बोलाइएको थियो । तर अहिले चितुवा बेपत्ता भएको छ । खोजी भइरहे पनि भेट्न नसकिएको विमानस्थलका एक कर्मचारीले बताए । उनका अनुशार चितुवाका कारण आधा घण्टा विमानस्थल बन्द भयो । टावरका कर्मचारीले विहान ८ बजे चितुवा देखेका थिए । चितुवा मानव वस्तीमा पसेर क्षति पुर्याउन सक्ने सम्भावना पनि देखिएको छ ।
TU