
चैत्र–२१ । रुसकाे पिटर्सवर्ग मेट्राे स्टेशनमा हमला भएकाे छ । स्टेशनमा रहेकाे ट्रेनमा हमला भएकाे खबर सार्वजनिक भएकाे छ ।
स्थानीय एक वेभसाइटले ट्रेनकाे ढाेकाहरु क्षतिग्रस्त भएकाे र केहि व्यक्ति घाइते भएकाे देखाएकाे छ । सञ्चार माध्यमका अनुसार कम्तिमा १० जनाकाे मृत्यु भएकाे छ ।
कसले वा कसरी उक्त विष्फोट भयो भन्ने कुरा पनि प्रष्ट छैन । उक्त क्षेत्रमा दुई वटा विष्फोट पनि भएको अन्दाज गरिएको छ ।
यस घटनाबारे थप जानकारी अाउन बाँकी छ ।
पिटर्सवर्ग
मेट्राे स्टेशन
रुस
हमला