News

महिला प्रहरीलाई डिएसपीले नै दुव्र्यवहार गरेपछि

महिला प्रहरीलाई डिएसपीले नै दुव्र्यवहार गरेपछि
चैत २४ । दैलेखस्थित जिल्ला प्रहरी कार्यालयमा कार्यरत डिएसपी केदार रजौरेमाथि उजुरी परेको छ । सार्वजनिक स्थलमै महिला प्रहरीलाई दुव्र्यवहार गरेको आरोपमा उनलाई उजुरी परेको हो । जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानले म्यादि प्रहरी छनौटको क्रममा रजौरले आफूलाई चुल्ठोमा समाएर घुचुकमा हिर्काएको आरोप लगाएकी छिन् । उनले मध्य पश्चिम क्षेत्रिय प्रहरी प्रमुख र प्रहरी प्रधान कार्यालयलाई बोधार्थ लेखेर उजुरी दिएकी हुन् । यति गर्दा पनि उजुरीमाथि कुनै पनि कारबाही नभएको उनको गुनासो छ । भेरी अञ्चल प्रहरीले रजौरेलाई कारवाही गर्नुका साटो उनको बचाउमा लागेको उनको आरोप छ । उक्त प्रहरी कार्यालयमा कार्यरत अन्य महिलाहरु पनि रजौरेको व्यवहारबाट आफूहरु आजित भएको बताउँदै आएका छन् । कतिपयलाई भने उक्त डिएसपीले संवेदनशील अंगमा पनि हात हाल्ने गरेको आरोप लगाउँदै आएका छन् । उक्त डिएसपी भने आफूले यस्तो व्यवहार नगरेको बताउँदै आएका छन् । यस विषयमा मध्यपश्चिमी क्षेत्रीय प्रहरी कार्यालयले भने सामान्य घटनालाई महिला प्रहरीले अनावश्यक रुपमा ठूलो बनाएको आरोप लगाएका छन् ।

डिएसपी दुव्र्यवहार दैलेख महिला प्रहरी

विशेष