विदेश

थाइ नरेशद्वारा नयाँ संविधान अनुमोदन

थाइ नरेशद्वारा नयाँ संविधान अनुमोदन
चैत्र–२४ । थाइल्यान्डका नरेश माहा बजिरालोङकोर्न बोदिन्द्रदेबायाभाराङकुनले बिहीबार आयोजित विषेश समारोहमा नयाँ संविधानमा हस्ताक्षर गरेका थिए । हस्ताक्षर गरेर अनुमोदन गरेको संविधान उहाँले प्रधानमन्त्री प्रयुत चान ओचालाई सोही समारोहमा हस्तान्तरण गरेका थिए । हस्ताक्षर समारोहमा उच्चपदस्त सरकारी अधिकारीहरु, विदेशी कूटनीतिक नियोगका प्रतिनिधिलगायत सहभागी थिए । नयाँ संविधानले थाइल्यान्डलाई राष्ट्रिय स्थिरता, एकता र समृद्धितर्फ लैजाने थाई नरेश बजिरालोङकोर्नले विश्वास व्यक्त गरेका छन् । उनी ६४ वर्षको उमेरमा केही महिनाअघि मात्रै थाइल्यान्डको राजा बनेका हुन् । उनका पिता, लोकप्रिय राजा ८८ वर्षीय नरेश भूमिबल अदुल्यादेजको असोज २७ गते निधन भएपछि उनले गद्दी सम्हालेका थिए । उनी झन्डै ७० बर्ष राजा बनेका थिए । महा वजिरालोङ्गकर्नलाई ’राम दशौँ’को उपाधि दिइएको छ। उनी चक्री वंशका १०औँ नरेश भएकाले उनलाई राम दशौँको उपाधि दिइएको हो । थाइल्यान्डको राजसंस्था विश्वका सम्पन्न राजसंस्थामध्येको एक मानिन्छ । रासस–सिन्ह्वा

अनुमोदन थाइल्यान्ड नयाँ संविधान नरेश

विशेष