विदेश

यस्तो छ विश्वका शक्तिशाली देशका राष्ट्रप्रमुखको प्रेम जीवन

यस्तो छ विश्वका शक्तिशाली देशका राष्ट्रप्रमुखको प्रेम जीवन
डोनाल्ड ट्रम्प, अमेरिकी राष्ट्रपति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रेम जीवन अस्थिर खालको छ । उनले अहिलेसम्म तीन जनासँग बिहे गरिसकेका छन् । उनका पाँच जना छोराछोरी र आठ नातिनातिना छन् । ट्रम्पको अघिल्ला दुई विवाह सम्बन्ध विच्छेदमा टुंगिएका थिए । मोडल मिलानिया नउससँगको उनको विवाह चाहिँ अझै टिकिरहेको छ । फेसन उद्योगमा रुचि राख्ने ट्रम्पले यस क्षेत्रमा लगानीसमेत गरेका छन् । उनकी पहिलो श्रीमती इभाना जेल्निकोभा पनि चेक गणतन्त्रकी मोडल थिइन् । उनका तर्फबाट डोनाल्ड तीन सन्तानका पिता बने । इभानासँग घरबार चलाइरहेका बेला ट्रम्प मार्ला माप्लेस नाम गरेकी अभिनेत्रीसँग सल्किए । यो थाहा पाएपछि इभानाले ट्रम्पलाई छोडिन् । ट्रम्पले मार्लालाई पत्नी बनाए । उनका तर्फबाट ट्रम्प एउटी छोरीका पिता बने । चार वर्ष नबित्दै उनले पनि ट्रम्पलाई छोडिन् ।दोस्रो पत्नीले समेत छोडे पनि ट्रम्पले स्लोभानियाकी मोडल मिलानियासँग सम्पर्क बढाए र उनीसँग विहे गरे । मिलानिया अहिले प्रथम अमेरिकी महिला भएकी छिन् । उनले विभिन्न पत्रपत्रिकाका लागि नग्न फोटोसमेत खिचाएकी छिन् । भ्लादिमिर पुटिन, रुसी राष्ट्रपति रुसी राष्ट्रपति पुटिनको प्रेम जीवन त्यति सफल छैन । सन् १९८३ मा उनले लुडमिला सक्रेब्नेभासँग बिहे गरेका थिए । उनीहरूको विवाह लामो समयसम्म टिक्यो । उनीहरू दुई सन्तानका आमाबुबा बने । तर, सन् २०१४ मा लुडमिलाले पुटिनसँग छोडपत्र गरिन् । उनले पुटिनलाई किन छोडिन् भन्ने विषयमा मुख खोलेकी छैनन् । सञ्चारमाध्यममा आएको कुरालाई आधार मान्ने हो भने पुटिनले अन्य महिलासँग सम्बन्ध बनाएपछि रुष्ट भएर लुडमिलाले उनलाई छोडेकी हुन् । विवाहअघि लुडमिला एयरहोस्टेसको काम गर्थिन् भने पुटिन चाहिँ सोभियत संघको गुप्तचर निकाय केजीबीमा आबद्ध थिए । एक मित्रको पार्टीमा जाँदा पुटिनले लुडमिलालाई भेटेका थिए । त्यहाँ चिनापर्ची भएपछि उनीहरूबीच गाढा सम्बन्ध कायम भयो र अन्ततः एकअर्कालाई जीवनसाथी बनाए । लुडमिलाले पुटिनसँग डिभोर्स गर्नुको कारक ३० वर्षीया रुसी एथलिट तथा सांसद् एलिना काबाइभा हो भन्ने चर्चा सञ्चारमाध्यममा चल्यो । उनीहरूबीचको सम्बन्धबारे लुडमिलाले भेउ पाएपछि उनी पुटिनबाट अलग भएको भन्ने समाचार जताततै प्रकाशित भयो । पुटिनले यस्तो समाचारलाई अफवाह भन्दै खण्डन गरे । तर, अझै पनि रुसमा एलिनाकै कारण पुटिनको घरबार बिग्रिएको बताइन्छ । ज्याकोब जुमा, दक्षिण अफ्रिकी राष्ट्रपति दक्षिण अफ्रिकी राष्ट्रपति ज्याकोब जुमाको प्रेम जीवन बढो रोचक छ । उनले छ जनासँग बिहे गरिसकेका छन् । स्वाजिल्यान्डकी राजकुमारी सेबेन्टिले लामिनीसँग पनि उनको बिहे हुने तय भएको थियो । यसका लागि उनले दाइजोस्वरूप १० वटा गाई केटीपक्षलाई बुझाएका पनि थिए । तर, उनीहरूको विवाह हुन पाएन । जुमा दक्षिण अफ्रिकाको जुलु समुदायका मानिस हुन् । जुलु समुदायका पुरुषले बहुविवाह गर्नुपर्ने भएकाले आफूले धेरै पटक विवाह गरेको उनले बताउने गरेका छन् । पत्नीहरूको भरणपोषणका लागि भने उनले सन् २००९ मा १२ लाख पाउन्ड राज्यकोषबाट लिएका थिए । दक्षिण अफ्रिकी सञ्चारमाध्यमा यसको चर्को विरोध भएको थियो । सलमान बिन अब्दुल्लाजिज अल साउद, साउदी नरेश साउदी अरेबियाका राजाले सकेसम्म बढी बिहे गर्ने चलन छ । इस्लाम धर्मले सबै श्रीमतीलाई समान रूपमा पालनपोषण गर्न सक्ने व्यक्तिले जति बिहे गरे पनि फरक नपर्ने भनेको छ । त्यही भएर सम्पत्तिको कुनै कमी नहुने साउदी नरेशले बढी श्रीमती भियाउने गरेका छन् । त्यसमाथि देशभित्र जातीय सन्तुलन कयम गर्न हरेक जातीय समुदायका महिलासँग बिहे गर्ने चलन साउदी राजपरिवारमा रहँदै आएको छ । अहिलेका साउदी नरेशका बाबुले ३० भन्दा बढी बिहे गरेका थिए । बढी बिहे गर्ने सवालमा अहिलेका साउदी नरेश आफ्ना पितापुर्खाभन्दा निकै पछाडि छन् । उनको रंगिन जीवनबारे बेलाबेलामा सञ्चारमाध्यम खबर आउने गरे पनि प्रेमको सवालमा उनी तुलनात्मक रूपमा संयमित छन् । उनका तीनटी श्रीमती छन् ।

Donald Trump Jackob Juma Valimir Putin

विशेष