विदेश

हसिनालाई विमानस्थलमा मोदीको स्वागत

हसिनालाई विमानस्थलमा मोदीको स्वागत
चैत - २५ । बंगलादेशका प्रधानमन्त्री शेख हसिना चारदिने औपचारिक भ्रमणका लागि शुक्रबार नयाँदिल्ली आइपुगेकी छन् । उनलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्ली विमानस्थलमा स्वागत गरेका थिए । भ्रमणकाक्रममा हसिनाले भारतका समकक्षी मोदी, राष्ट्रपति, उपराष्ट्रपतिलगायतका उच्च राजनीतिक व्यक्तिसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ । भारत र बंगलादेशले नागरिक आणविक उर्जासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर पनि गर्ने तयारी भएको छ । भारत र बंगलादेशका सहरबाट एक–आपसमा आवत–जावत गर्नेगरी बस र रेलसेवा सुरु गर्नेबारेमा पनि दुबै देशले तयारी गरेका छन् । दुई देशबीचको व्यापार बढाउनेबारेमा पनि विभिन्न तहमा छलफल गर्ने तयारीका साथ हसिना चारदिने भ्रमणका लागि भारत आइपुगेकी हुन् । रासस/सिन्ह्वा

Modhi Hasina

विशेष