विदेश

अफगानिस्तानकाे सुरक्षा कारबाहीमा २८ लडाकुको मृत्यु

अफगानिस्तानकाे सुरक्षा कारबाहीमा २८ लडाकुको मृत्यु
चैत्र–२५ । अफगानिस्तानका विभिन्न ठाउँमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा २८ जना लडाकु मारिएको अफगानी सेनाले शुक्रबार जनाएको छ । अफगानिस्तानको सेना, प्रहरी र गुप्तचर संस्थाले संयुक्त रुपमा गरेको सुरक्षा कारबाहीका क्रममा २४ को अवधिमा उनीहरुको मृत्यु भएको सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मारिनेहरु तालिवानी र इस्लामिक स्टेट (आइएस) का लडाकुहरु रहेको सेनाको दाबी छ । देशभरका ३४ प्रदेशमध्ये १३ प्रदेशमा सुरक्षा कारबाही तीब्र पारिएको अफगानी अधिकारीले जनाएका छन् । सुरक्षा कारबाहीका क्रममा केही हातहतियार तथा विस्फोटक पदार्थ पनि नियन्त्रणमा लिएर नष्ट गरेको सेनाले जनाएको छ। सेनाले आफ्नोतर्फ कुनै क्षति भएको उल्लेख गरेको छैन । रासस/सिन्ह्वा

अफगानिस्तान मृत्यु लडाकु सुरक्षा कारबाही

विशेष