
चैत्र – २५ । ललितपुरको इमाडोलमा मिनिट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बा ३ ख २७२ नम्बरको मिनिट्रकको ठक्करबाट रामेछापका ७ वर्षीय बालक सुमन खत्रीको मृत्यु भएको हो ।
मिनिट्रक ब्याक गराउँदा ठक्कर लागी गम्भीर घाइते भएका बालकको उपचारको क्रममा मृत्यु भएको प्रहरी वृत सातदोबाटोले जनाएको छ । उनको ग्लोवल अस्पताल ग्वार्कोमा उपचारका क्रममा बेलुका छ बजे मृत्यु भएको हो । उनलाई दिउँसो करिब ४ बजे मिनिट्रकले ठक्कर दिएको थियो । ठक्कर दिने मिनिट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
road accident