News

भारतकाे प्रसिद्ध सहरमा अादिकवि भानुभक्तकाे सालिक स्थापना

भारतकाे प्रसिद्ध सहरमा अादिकवि भानुभक्तकाे सालिक स्थापना
चैत्र–२६ । मूर्तिकलाका निम्ति भारतको प्रसिद्ध सहर कृष्णनगर(पश्चिम बङ्गालको नदिया जिल्ला)मा आदिकवि भानुभक्त आचार्यको अर्धकदको सालिक स्थापना गरिएको छ । कोलकातादेखि ४५ किमि दूरीमा पर्ने कल्याणी नगरपालिकाको सम्पूर्ण रेखदेख र नेपाली जनसेवा समाजकल्याणको सहयोगमा गत हप्ता नेपाली वाणिज्यदूतावास कोलकाताका महावाणिज्यदूत एकनारायण अर्याल र नगरपालिकाका चेयरम्यान सुशीलकुमार तालुकदारको सालिकको अनावरण गरे । सो अवसरमा नेपाली जनसेवा समाज, कल्याणीको वार्षिक मुखपत्रको पाँचौ अङ्क सार्वजनिक गरिएको लैनसिंह बाङ्देल साहित्य कला प्रतिष्ठान कोलकाताका सचिव विकास कार्कीले जानकारी दिए । मूर्ति स्थापनाका लागि नगरपालिकाका पूर्व चेयरम्यान डा निलेमेष राय चौधरी, वर्तमान चेयरम्यान तिलुकदार र काउन्सिलर निवेदिता वासुलगायतले सहयोग गरेका थिए ।

आदिकवि भानुभक्त आचार्य भारत सालिक स्थापना

विशेष