News

शून्य चोरी सिकार वर्ष मनाउने तयारी गरिरहँदा दूर्लभ एक सिंगे गैँडा मारियो

शून्य चोरी सिकार वर्ष मनाउने तयारी गरिरहँदा दूर्लभ एक सिंगे गैँडा मारियो
चैत्र - २६ । लगातार तेस्रो वर्ष शून्य चोरी सिकार वर्ष मनाउने तयारी गरिरहँदा चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एक सिङ्गे गैँडा चोरी सिकारीबाट मारिएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार शनिबार बिहान खाग नभएको अवस्थामा एउटा भाले गैँडा मृत फेला परेको हो । चितवन निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत जगतपुरको हरियाली सामुदायिक वनमा चोरी सिकारीले मारेको अवस्थामा गैँडा फेला परेको अर्यालले जानकारी दिए ।

एक सिंगे गैँडा

विशेष