विदेश

फिलिपिन्समा ५.९ म्याग्निच्यूडको भूकम्प

फिलिपिन्समा ५.९ म्याग्निच्यूडको भूकम्प
चैत - २६ । फिलिपिन्समा स्थानीय समयअनुसार शनिबार बिहान ३ बजेर ८ मिनेट जाँदा ५.९ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भ विभाग (युएसजीएस)ले जनाएको छ । भूकम्पको केन्द्रबिन्दू मिन्डोरो प्रान्तमा ४२ किलोमिटर गहिराइमा रहेको युएसजीएसले जनाएको छ । भूकम्पको धक्का राजधानी मनिलासहित वातांगस, मिन्डोरो र कालापानका अधिकांश इलाकामा महसुस गरिएको थियो । भूकम्पका कारण कुनै मानवीय वा भौतिक संरचनाको क्षति भएको खबर प्राप्त भएको छैन । तर, लुजोन टापुमा भूकम्पपछि विद्युत् प्रसारणमा अवरुद्धता आएको बताइएको छ । सिन्ह्वा

भूकम्प

विशेष