विदेश

स्टकहोम लरी आक्रमणः चालक नै आक्रमणकारी – प्रहरी

स्टकहोम लरी आक्रमणः चालक नै आक्रमणकारी – प्रहरी
 
चैत्र – २६ । स्वीडेनको राजधानी स्टकहोमको एक व्यस्त पसलमा भएकाे लरी अाक्रमण चालकले नै गराएको प्रहरीले जनाएकाे छ । सो घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका उज्बेकिस्तानी ३९ वर्षीय पुरुष नै लरी चालक रहेको र उनले नै उक्त घटना घटाएको हुन सक्ने स्वीडेन प्रहरीलाई उद्धृद गर्दै बीबीसीले जनाएको छ । ती व्यक्तिलाई संदिग्ध आतंकवादी भएको आशंकमा प्रहरीले शहरको उक्त क्षेत्रबाट गिरफ्तार गरेको थियो । शुक्रबार स्टकहोमस्थित व्यस्त पसलमा लरी आक्रमण हुँदा कम्तीमा चार जनाको ज्यान गएको थियो भने १५ जना घाइते भएका छन् । अाक्रमणपछि प्रतिक्रिया दिँदै स्वीडेनका प्रधानमन्त्री स्टेफन लफ्भेनले उक्त घटनालाई आतंकवादी हमलाको संज्ञा दिएका छन् । आक्रमणपछि प्रधानमन्त्रीको आदेशमा स्टकहोमका नाकाहरुमा सुरक्षा व्यवस्था कडा परिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

विशेष