News

चुनाव निष्पक्ष बनाउन प्रतिबद्धता आवश्यक

चुनाव निष्पक्ष बनाउन प्रतिबद्धता आवश्यक
चैत २६ – प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी स्थानीय तहको चुनावलाई निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन सबैबाट सहयोग र प्रतिबद्धता हुने विश्वास व्यक्त गरेका छन् । रिपोर्र्टर्स क्लब नेपालको १९ औँ वार्षिकोत्सव समारोहमा उनले निर्वाचन आयोग तयारीका हिसाबले दिन गन्ती सुरु गरी अत्यन्तै मेहनतका साथ मध्यचरणमा पुगेको जानकारी दिए । स्थानीय तहको चुनाव आउँदो वैशाख ३१ गते हुँदैछ । चुनावका लागि एक करोड ४० लाख ५४ हजार ४८२ मतदाताको नामावली स्वीकृत भइसकेको छ । प्रमुख निर्वाचन आयुक्त डा यादवले भने, ‘ऐतिहासिक यो महान अभियानको जिम्मेवारीलाई पूरा गर्न आम नागरिक, राजनीतिक दल र सबैपक्षबाट सहयोग र सद्भाव होस् ।’ चुनावमा चार महानगरपालिका, १३ उपमहानगरपालिका, २४६ नगरपालिका र ४८१ गाउँपालिकामा एकै चरणमा एउटै समयमा हुँदैछ । स्थानीय तहको चुनाव लागि मतदाता शिक्षा प्रदान गर्न चुनाव आयोगले महिला स्वयंसेविका, मातृशिशु कार्यकर्ता र शिक्षक/शिक्षिका परिचालन गर्दैछ ।

डा अयोधीप्रसाद यादव

विशेष