विदेश

साहसिक समाचार बाचिका आफ्नै श्रीमानको मृत्युको खबर ब्रेकिङ न्युज बनाएर टिभीमा पढिन्

साहसिक समाचार बाचिका आफ्नै श्रीमानको मृत्युको खबर ब्रेकिङ न्युज बनाएर टिभीमा पढिन्
चैत्र २७ । दर्शकहरुलाई देशदुनियाँको खबर सुनाउने टेलिभिजन च्यानलमा एक यस्तो घटना भएको छ । जसमा आफ्नै श्रीमानको मृत्युको खबर श्रीमतीले ब्रेकीङ न्यूज बनाएर पढ्नु पर्यो । भारतको छत्तीसगढमा रहेको एक प्राइभेट न्युज च्यानलकी एङ्कर सुप्रीत कौरको जिन्दगीमा त्यसबेला दुःखको पहाड नै खस्यो, जतिबेला उनले आफ्ना पतिको सडक दुर्घटनामा मृत्यु भएको ब्रेकिङ न्युज आफैँले पढिन् । घटना शनिबारको बिहानको हो । जब आईबीसी २४ च्यानलको लाइभ न्युज बुलेटिनको प्रशारणका क्रममा न्युज एङ्कर सुप्रीत कौर समाचार पढिरहेकी थिइन् । त्यही बेला सडक दुर्घटनाको ब्रेकिङ न्युज आयो । राष्ट्रिय राजमार्ग ३५३ मा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो, जसमा सुप्रीतका पति पनि परे । रिपोर्टरसँग लाइभ कुरा गर्दा नै एङ्कर सुप्रीत कौरलाई शंका लागेको थियो कि दुर्घटनामा मृत्यु भएका व्यक्तिमा उनका पति पनि छन् । यस्तो अप्ठेरो अवस्थामा पनि उनले आफूलाई सम्हालिन् र पुरा न्युज बुलेटिन पढिन् । एनडीटीभीका अनुसार न्युज बुलेटिन पढिसकिएपछि बल्ल उनी स्टुडियोबाट बाहिर आइन् र रुन थालिन् । स्टुडियोबाट बाहिर निस्कनासाथ उनलाई आफन्तको फोन पनि आएको थियो । सुप्रितका सहकर्मीका अनुसार सबै सहकर्मीलाई उनका पतिको मृत्युको खबर थाहा भइसकेको थियो । तर उनीहरुमध्ये कसैलाई पनि यो सत्य उनलाई बताउने हिम्मत भएन । छत्तीसगढका मुख्यमन्त्री डा. रमन सिंहले समेत सुप्रीतले दुःखद घडीमा पनि साहसका साथ कर्तव्य निभाएको भन्दै सलाम भनेका छन् । https://twitter.com/drramansingh/status/850735025658003456

Supreet Kaur TV Anchor

विशेष