विदेश

धार्मिक च्यानलमा पोर्न भिडियो प्रसारण भएपछि...

धार्मिक च्यानलमा पोर्न भिडियो प्रसारण भएपछि...

परिवारसँग बसेर धार्मिक च्यानल हेरिरहेको बेला धार्मिक प्रवचनको ठाउँमा अकस्मात् पोर्न भिडियो आउन थाल्यो भने के होला ? यस्तै असहज स्थिति सामना गर्नुपर्यो, पश्चिम अफ्रिकी देश सेनेगलका मानिसलाई ।

सेनेगलको ‘इस्लामिक च्यानल’ धार्मिक च्यानल हो । त्यही च्यानलबाट गत साता २० मिनेटसम्म लगातार पोर्न भिडियो प्रसारण भएको हो । गत सोमवार दिउसो १.१० देखि लगातार २० मिनेटसम्म पोर्न भिडियो च्यानलबाट प्रसारण भएको थियो ।

पोर्न भिडियो प्रसारण गरेर टीभी च्यानले इस्लाम धर्ममाथि प्रहार गरेको भन्दै दर्शकले ठाउँठाउँमा च्यानलविरुद्ध प्रदर्शनसमेत गरे । प्रहरीले पनि च्यानलले फौजदारी कसुर गरेको भन्दै मुद्दा दायर गरेको छ । केही व्यक्तिले अनधिकृत रूपमा च्यानलबाट त्यस्तो भिडियो प्रसारण गराएको र उनीहरूको खोजी भइरहेको भन्दै च्यानल प्रशासनले माफी मागेको छ ।

porn Vedio

विशेष