विदेश

४२ हजार फिटमाथि महिलाले जन्माइन बच्चा

४२ हजार फिटमाथि महिलाले जन्माइन बच्चा
चैत्र २७ । एक महिलाले उडिरहेको विमान भित्रै बच्चा जन्माएकी छन् । गिनीबाट बुर्किना फासो हुँदै टर्कीको इस्थानबुलका लागि उडेको टर्किस एयरको विमानमा नाफी दिएबी नाम गरेकी महिलाले छोरी जन्माएकी हुन् । २८ हप्ताकी गर्भवती नाफीलाई गिनीबाट विमान उडेलगतै सुत्केरी बेथा लागेको थियो । त्यसपछि उनलाई नाफी विमानका क्याबिन क्रियु सदस्यले सहयोग गरेका थिए । उनले विमान ४२ हजार फिटमाथि रहेका बेला छोरी जन्माएकी हुन् । आमा र कादिजु नाम गरेकी बालिकालाई बुर्किना फासोमा विमान अवतरण भएपछि अस्पताल लगिएको र अहिले दुवैको अवस्था सामान्य रहेको टर्किस एयरलाइन्सले जनाएको छ ।

Turkish Air

विशेष