News

‘एनसेल नेपालमै छ, लाभकर जसरी पनि असुल गरिन्छ’–प्रधानमन्त्री

‘एनसेल नेपालमै छ, लाभकर जसरी पनि असुल गरिन्छ’–प्रधानमन्त्री
चैत्र–२७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निजि क्षेत्रको एनसेलको पुँजीगत लाभकर छुट नदिएको र बिक्रीको लाभकर जसरी पनि असुल गर्ने प्रतिबद्धता जनाएका छन् । आइतबार बसेको व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले विदेशी लगानी र कर उन्मुक्तिका सम्बन्धमा सरकार गम्भीर र संवेदनशील रहेको बताएका छन् । कर असुलीका सम्बन्धमा विगतमा गल्ती भएको भए सम्बन्धीत अधिकारीमाथि छानबिन हुनुपर्ने उनले स्पष्ट पारे । ‘एनसेल नेपालमै छ, कर उठाउन उप्ठेरो छैन । आवश्यक परे क्रेता र विक्रेतालाई बोलाएर छलफल र निकास निकाल्न सकिन्छ ,’ उनले भने । यसअघि एनसेलले तिर्नुपर्ने ३३ अर्ब कर तिर्नु नपर्ने भन्दै मन्त्रिपरिषद्को बैठकबाटै निर्णय भएको लेखा समितिले प्रधानमन्त्रीलाई बोलाएको थियो । अर्थमन्त्री कृष्णबहादुर महराको भनाइबाट सन्तुष्ट नभएपछि लेखा समितिले प्रधानमन्त्रीलाई समितिमा बोलाएको हो ।

एनसेल प्रतिबद्धता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड लाभकर

विशेष