News

अब कसैले लोडसेडिङ गर्न सक्दैन: उर्जामन्त्री शर्मा

अब कसैले लोडसेडिङ गर्न सक्दैन: उर्जामन्त्री शर्मा
चैत्र–२७ । ऊर्जामन्त्री जनार्दन शर्माले नेपाल अब उज्यालो युगमा प्रवेश गरेकाले आगामी दिनमा कोही कसैले पनि लोडसेडिङ गर्न नसक्ने बताएका छन् । नेपाली दूतावास मलेसिया र गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले मलेसियामा गरेको ‘नेपालको ऊर्जा क्षेत्रमा मलेसिया र एनआरएनको भूमिका’ अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसो भनेका हुन् । कार्यक्रममा उनले लोडसेडिङ अन्त्यपछि मुलुकको आर्थिक क्षेत्रमा उल्लखनीय परिवर्तन भएको, आर्थिक वृद्धि दर २५ वर्षपछि सबैभन्दा धेरै हुन लागेको र नागरिकमा उत्साहको सञ्चार भएकाले ऊर्जा क्षेत्रमा थप लगानीका लागि आग्रह गरेका छन् । सरकारले ‘नेपालको पानी जनताको लगानी’ नारा अगाडि सारेर योजनाबद्ध रुपमा जलविद्युत् क्षेत्रको विकासमा लागेको बताउँदै उनले विदेशी भूमिमा सिकेको सीप र क्षमताको उचित सदुपयोग गरी राष्ट्र निर्माणको महाअभियानमा लाग्न आग्रह गरे । मलेसियाका लागि नेपाली राजदूत डा निरञ्जनमानसिंह बस्नेतले मलेसियाको सीप र प्रविधिलाई अनुसरण गरेर नेपालको विकास र आर्थिक समृद्धिको अभियान अगाडि बढाउन सकिने धारणा राखे । कार्यक्रममा मलेसियामा कार्यरत नेपाली श्रमिक तथा उद्योगी तथा व्यवसायीलाई ‘नेपालको पानी जनताको लगानी’ अवधारणामा सहभागी भएर जलविद्युत्मा लगानी गर्न आग्रह गरिएको थियो ।

उज्यालो युग जनार्दन शर्मा नेपाल

विशेष