विदेश

वाइन बनाउन कण्डमको प्रयोग !

वाइन बनाउन कण्डमको प्रयोग !

चैत २८ । क्युवामा बनेको विश्व चर्चित घरेलु वाइन बनाउन कण्डमको प्रयोग हुने गरेको रहस्य खुलेको छ ।

‘लाइभ साइन्स’ जर्नलमा प्रकाशित समाचार अनुसार उक्त वाइन बनाउन कण्डमको प्रयोग गरिन्छ । समाचार अनुसार यो पद्धति सजिलो र सस्तोसमेत छ । क्युवाली घरेलु वाइन सबैको लागी चर्चित छ । त्यहाँ सरकारी मदिरा केन्द्रसमेत छ । त्यस रक्सीलाई कम्तीमा पनि २५ डलर अर्थात करिव २७ सय नेपाली रुपैयाँमा खरिद विक्रि गरीन्छ ।

एसोसियट प्रेसका अनुसार क्युवाका प्रख्यात घरेलु वाइनमेकर ओरेस्टेस एस्तेबेजले सैयौं वाइन भर्ने सिसाका भाँडाको बिर्कोमा कण्डमले ढाकेर राखेको उल्लेख गरेका छ । एस्तेबेजका अनुसार जब वाइन लगभग तयार हुन्छ, त्यसलाई कण्डमले ढाकेर राखिन्छ ।

वाइनमा अंगुरको रसमा कार्वनडाइअक्साइड मिसाएपछि फिँज बन्छ र त्यसपछि कण्डमले ढाकेर राखिन्छ । किनभने कण्डमले कार्वनडाइअक्साइडलाई नियन्त्रण गरीदिन्छ । कर्नेल विश्वबिद्यालयका वाइन विज्ञान प्रा।कैथलिन अर्निकलका अनुसार वाइनको भाँडोको मुखमा कण्डम बाँधेपछि त्यसले कार्वनडाइअक्साइडलाई नियन्त्रण गर्छ, जब कण्डम फुलेर ठूलो हुन्छ तब वाइन तयार भएको मानिन्छ ।

एस्तेबेजले हरेक बोतलमा लगाएको कण्डमको आकार एउटा व्यक्तिको लिंग जस्तै देखिएपछि वाइन तयार हुने बताए । उनले हरेक दिन यसरी नै करिव ५० बोत्तल वाइन बनाउने गर्छन् । यसरी बनाइएको वाइन अन्यभन्दा स्वादिलो भएको प्रतिकृया आफुले पाएको उनले बताएका छन् ।

क्युवाका खाद्य अनुसन्धान अधिकारीहरुले यसरी वाइन बनाउँदा अक्सिजनबाट बचाउने र गुणस्तरीय वाइन बन्ने उल्लेख गरेका छन् । तर, कण्डमको वैकल्पिक साधन नभएको र कण्डमले जसरी सजिलै र सस्तोमा अन्य साधनहरुले काम नगरेकोले यसको प्रयोग गर्न दिइएको उनीहरुले उल्लेख गरेका छन् ।

Unine

विशेष