News

सलमानलाई यसकारण छाडिन सेट्टीले

सलमानलाई यसकारण छाडिन सेट्टीले

चैत्र २८ । सलमान खानको बिजनेसको खुब चर्चा हुन्छ । किनभने बिजनेसमा उनको ठूलो लगानी छ ।

सलमानको बिजनेस सम्पूर्ण रूपमा सम्हाल्दै आएकी छिन, रेश्मा सेट्टीले । सेट्टी सलमानको बिजनेस म्यानेजर हुन् । तर, उनी ९ वर्षदेखिको जिम्मेवारी त्यागेर सलमानबाट अलग भएकी छिन् । अब सलमानको बिजनेस उनको परिवारले सम्हाल्ने बताइएको छ ।

एक स्टेटमेन्ट जारी गर्दै सलमानले यसबारे जानकारी दिएका छन् । सेट्टी मेट्रिक्स कम्पनीमार्फत सलमानको म्यानेजरका रूपमा काम गर्न आएकी थिइन् । सलमान र मेट्रिक्सबीचको सम्झौता सकिएपछि उनको जिम्मेवारी पनि सकिएको हो ।

सलमानले फिल्मसँगै साइड बिजनेसमा पनि हात हालिरहेका छन् । उनी ई–बाइसाइकल र जिम इक्युप्मेन्ट्सको बिजनेस लन्च गर्ने तयारीमा रहेको बताइएको छ ।

Salman

विशेष