देश News स्वास्थ्य

पूजाको प्रसाद खाँदा एकै गाउँका ७० जना विरामी, औषधि अभावले झण्डै गएन् ज्यान

पूजाको प्रसाद खाँदा एकै गाउँका ७० जना विरामी, औषधि अभावले झण्डै गएन् ज्यान

चैत्र – २८ । पूजाको प्रसाद खाँदा सिन्धुलीको दुधौली नगरपालिकास्थित मरघटटीका ७० स्थानीय झाडापखालाका विरामी परेका छन् । मरघट्टीको राममन्दिरमा रामनवमीको पूजा सकी प्रसाद ग्रहण गरे घर पुगेसँगै उनीहरुलाई अचानक झाडापखाला सुरु भएको हो । सो गाउँका स्थानीय सबै झाडापखालाका विरामी भएपछि उपचार गर्ने समस्या भएको मरघट्टी शहरी स्वास्थ्य चौकीका इन्जार्ज गोपाल खड्काले नेपालआजसँगको टेलिफोनका क्रममा बताए । उनले स्थानीय विरामी परेको भोलिपल्टमात्र आफूलाई थाहा भएको जानकारी दिए । ‘एक स्थानीय औषधि लिन आएपछि मात्र हामीलाई थाहा भयो,’ उनले भने, ‘त्यसपछि हामी निरिक्षण गर्न गयौँ ।’ रामनवमीको प्रसाद खाएर एकै गाउँका ७० जना भन्दा वढी स्थानीय विरामी परेको उनले जानकारी दिए । झाडापखालको विरामीका कारण अस्पताल आउने र तातोपानी तताएर खाने मान्छेसम्म नभएको उनले बताए ।
कसरी भयो नियन्त्रण हामी गाउँ निरिक्षण गर्न गयौ । गाउँको सबै घरको अवस्था उस्तै थियाेे । भएकाे जतिलाई औषधि बाड्यौ । तर, त्यो पर्याप्त थिएन् । उनीहरु अत्यन्तै कमजोर भइसकेका थिए । सलाइन पानी नचढाईकन उपचार सम्भव थिएन् । हामीसंग तेत्रो गाउँका पूरै स्थानियलार्इ पुग्ने सलाईन पानी र अन्य औषधि थिएन् । मैले दुधौली नगरपालिका स्वास्थ्य चौकीमा फोन गरे । त्यहाँपनि पर्याप्त औषधिहरु नभएको जानकारी पाएँ । टाँडी गाविसको अवस्था पनि त्यस्तै थियाे । त्यसपछि मैल जिल्लामा फोन गरेँ । तर, जिल्लाबाट औषधि आउने समय लाग्ने भयो । मैले जिल्लाको भर नगरिकन नजिकका गाउँका स्वास्थ्य चौकीहरुमा भएको औषधिहरु मगाएँ । सबै ठाउँबाट औषधिहरु ल्याएर शिविर सञ्चालन गरौँ । जिल्लाबाट औषधि आइपुग्दा उपचार सुरु भइसेको थियो । जिल्लाबाट औषधि आएपछि केही सहज भयो ।
कस्तो छ अवस्था अहिले क्रमश स्वास्थ्यमा सुधार आइरहेको छ । उनीहरु कमजोर भएकाले आराम गरिरहेका छन् । औषधि पनि खाइरहेका छन् । पूजाको प्रसादले गर्दा महामारी फैलिएको भन्ने गाउलेहरुको निष्र्कष छ ।
मरघट्टी शहरी स्वास्थ्य चौकीका इन्जार्ज गोपाल खड्कासंगको टेलिफोन कुराकानीमा आधारित

झाडापखाला सिन्धुली

विशेष