जाजुसीकाे आरोपमा भारतीय नागरिक कुलभुषणलाई पाकिस्तानमा मृत्युदण्ड


चैत्र – २८ । पाकिस्तानमा जासुसी गरेको आरोमा भारतीय नागरिक कुलभूषण सुधीर जाधवलाई मृत्युदण्डको सजाय सुनाइएको छ । तीन मार्च २०१६ मा पाकिस्तानको बलूचिस्तानबाट जासुसी गरेको आरोपमा जाधव पक्राउ परेका थिए । पाकिस्तानी सेनाले उनलाई सेना एक्ट अन्तरगत फिल्ड जेनरल कोर्ट मार्शल गरेका थिए । फिल्ड जेनरल कोर्ट मार्शलमा उनीमाथिको आरोप प्रमाणित भएको थियो । पाकिस्तानी सेनाका चीफ जेनरल कमर जावेद बाजवाले जाधवलाई मृत्यु दण्डको सजाय सुनाइएको पुष्टि गरेका छन् । उनले जाधवलाई आफ्नो बजाउका लागि कानुनी सहायता गरेको पनि उनले जानकारी दिए । मृत्युदण्ड