प्लास्टिकमा अान्द्रा बाेक्ने रार्इकाे निःशुल्क उपचार गरिने


चैत्र–२८ । प्लास्टिकको झोलामा आन्द्रा बोकेर बाँचिरहेका मोरङको मिक्लाजुङ–१ साम्पाङ टोलका ४० वर्षीय मनबहादुर राईको उपचार नोबेल अस्पताल, विराटनगरले निःशुल्क उपचार गर्ने भएको छ । ‘प्लास्टिकको झोलामा आन्द्रा बोकेर हिँड्न बाध्य’ समाचार शीर्षकको समाचार देशका विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएका थिए । सो समाचार आएपछि उर्लाबारीका समाजसेवी खड्ग फागोको समन्वयमा नोबेल अस्पतालमा उपचारका लागि ल्याइएको हो । राईको त्यस्तो अवस्था देखेपछि नोबेल अस्पताल, विराटनगरका सञ्चालक सुनिल शर्माले निःशुल्क उपचार गर्ने भएका हुन् । उनले भने– “हामीले राईको उपचार निःशुल्क गर्ने भएका छौँ ।'' सञ्चालक शर्माले राईलाई निको पारेर तन्दुरुस्त बनाएर घर पठाउने बताए । नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार यो वर्ष अस्पतालले ५०० जना विपन्न अवस्थाका विरामीको निःशुल्क उपचार गरेको छ । त्यसैगरी ३०० जनाको निःशुल्क शल्यक्रिया गरेको छ । तीन वर्षदेखि आन्द्राको अल्सरबाट पीडित राईको बिपी कोइराला मेमोरियल अस्पताल, धरानमा शल्यक्रिया गरिएको थियो । पाँच लाख चन्दा सङ्कलनबाट उनको शल्यक्रिया गरिए पनि आर्थिक अभावमा पूर्ण शल्यक्रिया भने हुन सकेको थिएन । रासस अान्द्रा निःशुल्क उपचार नोबेल अस्पताल मनबहादुर राई विराटनगर