विदेश

इजिप्टमा तीन महिने संकटकाल घोषणा

इजिप्टमा तीन महिने संकटकाल घोषणा

चैत्र - २८ । इजिप्टको कप्टिक गिर्जाघरमा भएको आक्रमणपछि इजिप्टका राष्ट्रपति अब्दुल फटाह अल–सीसीले देशभर तीन महिने संकटकाल घोषणा गरेका छन् । ४५ जनाको ज्यान जाने गरी भएको आक्रमणपछि राष्ट्रपतिले संकटकाल लगाउने निर्णय गरेका हुन् । इसाइ धर्मगुरु पोप फ्रान्सिसले इज्प्टिको भ्रमण गर्नुभन्दा केही साता अगाडि उक्त हमाला भएको हो । आइतबार पाम सान्डे मनाउन जम्मा भएका इसाइहरुलाई लक्षित आक्रमण भएको हो । राजधानी कायरो निजकै रहेको गिर्जाघरमा र एलेक्जेण्ड्रियाको क्याथीड्रलमा गराएको बिस्फोटमा परी कम्तिमा ४५ जनाको जान गएको थियो भने ११९ जना घाइते भएका थिए । राष्ट्रपतिको निर्णयसँगै महत्वपूर्ण संरचनाको सुरक्षाका लागि इजिप्ट प्रहरीले सेनासँग मिलेर काम गर्ने छन् । संकटकाल घाेषणापछि सुरक्षा निकायलाई पक्राउ पुर्जीबिना गिरफ्तार गर्ने अधिकारसमेत हुने छ । जेरुसलामबाट जिसस क्राइस्ट प्रवेश गरेको पवित्र दिनका रुपमा मनाइने पाम सन्डे अवसरमा टान्टा र एलेक्जेण्ड्रियास्थित गिर्जाघरमा विस्फोटन भएको थियो । सो आक्रमणको जिम्मा इस्लामिक स्टेट (आइएस) समूहले लिएको छ । आइएसले आफ्ना दुई आत्मघाती हमालाकारीले विस्फोटन गराएको बताएको छ ।

Death इजिप्ट

विशेष