विदेश

अात्मघाती कारबमले थर्कियाे पूर्वी अफगानिस्तान

अात्मघाती कारबमले थर्कियाे पूर्वी अफगानिस्तान
चैत - २८ । सुरक्षा निकायको कार्यालय नजिकै आत्मघाती कारबम आक्रमण हुँदा अफगानिस्तानको पूर्वी प्रान्तमा कम्पन महसुस गरिएको छ । पूर्वी प्रान्त नानगार्हारमा सोमबार भएको हमलामा आक्रमणकारीको मृत्यु भएको स्थानीय सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । ‘एक जना आत्मघाती हमलाकारी मारिएका छन्, उनले घानी खेल जिल्लाको मार्को बजारमा कार बम विस्फोट गराएका थिए,’ प्रान्तीय गभर्नरले भने । सोमबार विहान ८.३० बजे विस्फोट भएको उनले जानकारी दिए । सुरक्षा निकायको कार्यालयलाई लक्षित गरी कार बम विस्फोटन गराइएको उनले बताए ।

विशेष