Breaking News News

नेपाल प्रहरीको २५ औँ प्रहरी प्रमुखमा अर्याल

नेपाल प्रहरीको २५ औँ प्रहरी प्रमुखमा अर्याल
चैत्र - २८ । सरकारले प्रहरी महानिरीक्षकमा डिआइजी प्रकाश अर्याललाई बढुवा गर्न निर्णय गरेको छ । सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा कार्यरत डिआइजी अर्याललाई आइजीपीमा बढुवा गर्ने निर्णय गरेको हो । कार्य सम्पादन मूल्यांकनका आधारमा सबैभन्दा वढी अंक प्राप्त गरेर अर्याल आइजीपीमा बढुवा भएको बताइएको छ । सरकारले गत माघ २९ गेत वरियता क्रममा तेस्रो नम्बरमा रहेका जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेपनि सरकारको निर्णयलाई सर्वोच्च अदालतले उल्ट्याएको थियो । आइजीपीका प्रत्यासी डिआइजी नवाराज सिलवालले आफू प्रहरी प्रमुख बन्न योग्य रहेको बन्दै सरकारले गरेको निर्णयलाई रोक्न सर्वोच्चमा रिट दायर गरेका थिए । प्रहरी प्रमुख नियुक्तिसम्बन्धी रिट परेपछि सरकारले नेपाल प्रहरीका प्राविधिक तर्फका एआइजी डा दिनेशचन्द्र पोखेरलाई कामु प्रमुखमा नियुक्त गरेको थियो । अर्याललाई भोलीनै महानिरीक्षकको फुली भोली विहान ७ बजे लगाइने कार्यक्रम तय भएको छ । सिंहदरबारमा एक कार्यक्रम गरेर गृह सचिव लोकदर्शन रेग्मीले अर्याललाई फुली लगाइदिन कार्यक्रम छ ।

IJP prakash aryal

विशेष