विदेश

अमेरिकामा एक व्यक्तिको अन्धाधुन्ध गोली प्रहारबाट ३ जनाको मृत्यु

अमेरिकामा एक व्यक्तिको अन्धाधुन्ध गोली प्रहारबाट ३ जनाको मृत्यु
चैत्र २९ । अमेरिकाको क्यालिफोर्नियामा एक व्यक्तिले एउटा स्कुलमा अन्धाधुन्ध गोली प्रहार गर्दा ३ जनाको ज्यान गएको छ । एक युवाले एक प्राथमिक विद्यालयमा पढ्ने विद्यालयको कक्षा कोठामा प्रवेश गरी अन्धाधुन्ध गोली चलाउँदा २ जना शिक्षिका सहित १ बच्चा सहित ३ जनाको मृत्यु भएको हो । क्यालिफोर्नियाका प्रहरी प्रमुख जरार्ड बुर्गनले भनेका छन् । ३ जनाको हत्या गरेपछि उक्त संदिग्ध व्यक्तिले आफुलाई पनि गोली प्रहार गरेर आत्महत्या गरेका थिए । उक्त विद्यालयमा पढाउने उनकी श्रीमती पनि रहेको बताइएको छ । उनले पहिले आफ्नी श्रीमतीलाई गोली प्रहार गरेको र अन्य २ जनालाई पनि अन्धाधुन्ध गोली चलाएको स्थानीय प्रहरीले जनाएको हो । यस अघि सन् २०१५ मा भएको यस्तै हमलामा १४ जनाको हत्या भएको थियो भने २१ जना घाइते भएका थिए ।

Hatya in America

विशेष