News

सरकारलाई सभामुख घर्तीको रुलिङ

सरकारलाई सभामुख घर्तीको रुलिङ
चैत्र – २९ । सभामुख ओनसारी घर्तीले नेकपा एमालेका नेता सत्यनारायण मण्डलको सप्तरीस्थित घरमा मधेशी मोर्चाका कार्यकर्ताले आक्रमण र दुव्र्यवहारको घटनाबारे संसदलाई जानकारी दिन सरकारलाई रुलिङ गरेकी छिन् । व्यवस्थापिका संसदको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले घटनाबारे अथार्थ जानकारी नआएसम्म संसद चल्ने नदिने चेतावनी दिएपछि सभामुख घर्तीले यथास्रीघ घटनाबारे जानकारी गराउन सरकारलाई रुलिङ गरेकी हुन् । व्यवस्थापिका संसदमा मंगलबार बसेको बैठकमा एमालेले उक्त घटनको यथार्थ जानकारी नदिएसम्म संसद चल्न नदिने भन्दै आ–आफ्नो ठाउँमा उभिएर विरोध जनाएका थिए । संसद रवीन्द्र अधिकारीले मण्डलको घरमा आगजनी गर्नेमाथि तत्काल कारवाही गर्न माग गरेका थिए । उनले सरकारले जनतालाई शान्ति सुरक्षा दिन नसकेको अवस्थामा निर्वाचन सम्पन्न गराउन सक्छ भनेर कल्पना गर्न नसकिने पनि स्पष्ट पारे । सभामुख घर्तीले एमालेको मागप्रति आफू गम्भीर भएको बताइन् । सभामुखले घटनाबारे संसदलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेपछि बैठक सुरु भएको थियो ।

विशेष