नेपाली फिल्ममा नारीको रुप मात्र छ अस्तित्व छैन्ः निर्मला शर्मा


चैत - २९ । सोमबार काठमाण्डौमा पहिलो महिला चलचित्र महोत्सव 'आइवार्ट वुमेन फिल्म फेस्टिबल' सफलतापूर्वक सम्पन्न भएको छ । एक दिने महोत्सवको मुल नारा 'मूलधारमा महिला चलचित्र निर्माता' रहेको थियो । कार्यक्रमको उद्देश्य, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा रेडियो र टेलिभिजनहरुमा कार्यरत महिलाहरुको के कस्तो भूमिका रहेको छ भन्ने देखाइएको थियो । आइवार्ड फिल्म फेस्टिवलका कार्यक्रम निर्देशक मल्लिका भट्टराईले महिला निर्माता र निर्देशकलाई प्रोत्साहन गर्ने उद्देश्यले महोत्सव आयोजना गरेको बताइन् । 'नेपालमा यसले महिला पत्रकारका लागि व्यक्तित्व विकास तथा सशक्तीकरण गर्ने काम गर्दै आएको र अन्तराष्ट्रिय स्तरमा पनि नेपाली चलचित्र देखाउने एउटा राम्रो बाटो बनोस,' आइवार्ड नेपाल शाखाका अध्यक्ष अनुपा श्रेष्ठले भने । नेपालको पहिलो निर्देशक सुचित्रा श्रेष्ठले पहिले पहिले नारीका नाममा चलचित्र बन्ने गरेकाे र जुन त्यो बेला चले पनि तर अहिले त्यो नामहरुको चलचित्र बन्नै छाडेकाे गुनासाे पाेखिन् । 'अहिले नारी भनेको रुनै पर्ने, दुःख भोगेकै मात्र हुनुपर्छ जस्तो धाराना मात्र रहेको देखिन्छ । तर, मेरो निर्देशकमा बनेको फिल्ममा आफैँ स्क्रिप्ट लेख्छु जस्मा महिलाको भूमिका सकारात्मक देखाउछु जसले समाज परिवर्तित होस् । हाम्रो देशमा नायिकाहरुले कुन फिल्म खेल्दा ठिक हो होइन नै छुट्याउन सक्दैनन्,' उनले भनिन् । सञ्चारिक समूहकी अध्यक्ष निर्मला शर्माले छक्का पञ्जा हेरे जस्मा महिलाहरुलाई नै दोषि देखाइएको अाराेप लगाइन् । 'त्यो फिल्मले दिएको संदेश यति मात्र भेटे कि बैदेशिक रोजगारमा जानेहरुको श्रीमतीको चरित्र राम्रो हुँदैन्, त्यहि देखाइएको भेटे' उनले भनिन् । अहिले हलमा गएर फिल्म हेर्ने दर्शक त धेरै भएपनि ति दर्शकका हेराइ र सोचमा अझै परिवर्तन आएको उनकाे भनाइ थियाे । समाजमा महिलाहरुले भोगिएका दृष्य आजका फिल्महरुमा समेटिए पनि कसरी परिर्वतन ल्याउँन सकिन्छ त्यो नै देखाइएको उनले बताइन् । 'नेपाली चलचित्रहरुमा महिलाको रुप त छ तर अस्तित्व नै छैन्,' उनले थपिन्, 'सकारात्मक सोचको कथा बनाउनु पर्यो । नकारात्मक दृश्यहरु नायिकाहरुबाटै त्याग हुनु पर्छ ।' महोत्सवमा महिलाहरुले निर्माण गरिएका १० चलचित्र प्रदर्शन गरिएको थियो । सो चलचित्रमा नेपाल, भारत, चिन, फिलिपिन्स, क्यामरुन, मलेसिया, जापान, बङ्गलादेश र अमेरिकाका महिला निर्माताहरुले तयार पारेका थिए । कला सङ्ग्रौलाद्वारा निर्देशित ‘बुट्टे जामा’ र रजिला श्रेष्ठको ‘रेडियो मेलम्ची १०७।२’ (नेपाल), त्रिवेणी रायको ‘मेमोरी अफ हर्ट’, हन्स थपलियाको ‘घर स्टुडियो है’, अन्ननेया करवल्लीको ‘हरिकथा प्रसङ्ग’, नैना सबनानीको ‘वी मेक इमेजेज’, अनिथा बालचन्द्रनको ‘पुडाभाइ’ (भारत) ‘मकी सटकी’ (जापान), युझीआवको ‘वाकिङ’ (चीन) लगायत चलचित्र प्रदर्शन गरिएको थियो। सन् १९४९ मा स्थापित आइवार्डका ५० देशमा सदस्य छन् । नेपाली फिल्म